आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अक्सिजन सिलीण्डर संकलन अभियानमा माओवादी नेता खतीवडा

मंगलबार, जेष्ठ ४ २०७८

नुवाकोट(जस)-कोरोना संक्रमणको दोश्रो लहर संगैअक्सिजनको अभाब हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या बढेको छ। यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् । अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएको खतिवडाले जानकारी दिए । उनका अनुसार त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतवार बिहान हस्तान्तरण गरिएको थियो । आगामी दिनमा पनि अस्पताललाई आवश्यक अक्सिजनको आपुर्ति र अभावलाई पुरा गर्न निरन्तर सक्रिय रहिरहने प्रदेशसभा सदस्य खतिवडाको योजना छ ।

‘सम्भव हुनेजति सबैले आ–आफ्नो स्तरबाट सहयोग र पहलकदमी लिनुपर्ने बेला आएको छ’सांसद खतीवडाले भने। अहिलेको यो कोरोना संकटको समयमा अक्सिजनको जोहो मात्रै गर्नसकेमा पनि संक्रमितलाई बाँच्ने अवसर मिल्नसक्ने भन्दै सांसद खतिवडाले स्वास्थ्य क्षेत्रलाई सहयोग पु¥याउन र संक्रमितहरुलाई उपचारको अभावकै कारण मर्न नदिन सबैसँग अपिल गरे । कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न खतिवडाले आग्रह गरेका छन् ।यसैगरी, अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोटका संयोजक कौशिला पुडासैनी र अखिल (क्रान्तिकारी) नुवाकोटको संयोजक बिनोद कोईरालाको नेतृत्वमा उपयोगविहिन भएर रहेका अक्जिनका खाली सिलिण्डरहरुको संकलन कार्यसमेत थालिएको छ ।

पछिल्लो समय नुवाकोट जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ९३ पुगेको छ भने पछिल्लो २४ घण्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । ४४ जना कोरोनामुत्त भएसँगै जिल्लाका १३ सय ३८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार