आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं (जस)- मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।
बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार