आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ब्यबसायी दिपक मल्होत्राले चीनबाट२२५० थान अक्सिजन सिलीण्डर नेपाल ल्याउदै

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौ(जस)-आइ.एम.एस.ग्रुपका अध्यक्ष ब्यबसायी दिपक मल्होत्राले चीनबाट२२५० थान अक्सिजन सिलीण्डर नेपाल ल्याउन लागेका छन। कोरोना महामारीको दोश्रो लहर संगै नेपालमा देखीएको अक्सिजन सिलीण्डरको चरम अभाबले थुप्रै नेपालीले ज्यान गुमाईरहेको बेला नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष समेत रहेका ब्यबसायी मल्होत्राले चीनबाट सिलीण्डर नेपाल ल्याउन लागेका हुन। मल्होत्राको डिएम फाउन्डेशनले सिलीण्डर नेपाल ल्याउन लागेको हो। चीनबाट ल्याईने २२५० थान सिलीण्डर मध्ये ५००थान सिलीण्डर अक्सिजनको अभाबमा कोरोना संक्रमितको उपचार गर्न समस्या भएका सरकारी अस्पताललाई निशुल्क बितरण गर्ने उनले जानकारी दिएका छन। निजी अस्पताललाई भने अक्सिजन सिलीण्डर खरीदको लागत मुल्यमा दिईने र बाकी सिलीण्डरलाई नेपाल चेम्बर अफ कर्मसलाई निशुल्क उपलब्ध गराउन लागीएको मल्होत्राले बताएका छन। नेपालमा पछिल्लो समय देखीएको अक्सिजन अभाबलाई परीपुर्ती गर्न सकिने बताउदै मल्होत्राले अब नेपालमा अक्सिजनको अभाब नहुने बताएका छन।।उनले भने ‘अब नेपालमा अक्सिजनको अभाब हुदैन हाम्रो अहिलेको मुख्य समस्या भनेको ग्यासको हो र त्यसको कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा समेत पहल गरीरहेका छौ। ’ उनले भने। बिगतको कोरोना महामारीमा मास्कको चरम अभाब हुदा पनि मल्होत्राले दैनिक ८०हजार सम्म मास्क उत्पादन गरी बिक्री बितरण गरेका थिए।मास्कको हाहाकार भएको त्यतिबेला मल्होत्राको कम्पनीले दैनिक ८० हजारसम्म मास्क उत्पादन गरेर बाजारमा मास्कको अभाव हुन दिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार