आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतार र ग्वान्जाउमा साताको एक–एक उडान खुला गर्ने मन्त्रीपरिषदको निर्णय

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । वर्तमान सरकार गठनपछि सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल गरेको छ । बैठकले बजेट अधिवेशन सिफारिस गर्ने अपेक्षा गरिएको थियो । संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भइसके पनि सोमबार यसबारे कुनै निर्णय भएन ।

बैठकले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका बीच कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय भएको बताए । कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुदै आएको छ ।
हाल नेपालले जारी राखेका चार्टर्ड फ्लाइटमा ठूलो संख्यामा भारतीय कामदारहरु उड्ने गरेको विमानस्थल स्रोतले बतायो । भारतमा कोरोना संक्रमण तीव्ररुपमा बढेपछि खाडीका अधिकांश देशले रोकेको भारतीय उडान सुचारु गरेका छैनन् । खाडी मुलुकहरुमा कोरोना संक्रमण बिस्तारै कम हुँदै गएपछि ती देशमा आर्थिक गतिविधि बढ्दा विदेशी कामदारहरुको माग बढ्न थालेको छ ।

खाडी मुलुकहरुले भारतबाट हुने चार्टर्ड उडान समेत रोकेपछि रोजगारीका लागि खाडी मुलुक जाने भारतीय कामदार काठमाडौं आएर कोरोना परीक्षण गराई जाने गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म स्थगित गरेको छ । कोरोनाको संक्रमणका बेला पनि नेपाल भारतबीच एयर बबल अनुसार सातामा दुई उडान चालू रहेका छन् । भारतीय नागरिकहरु ती उडानबाट काठमाडौं आई पीसीआर परीक्षण गराई खाडीका विभिन्न मुलुक जाने गरेको विमानस्थल अध्यागमन स्रोतले बतायो ।
योसँगै भारतीय कामदारहरुलाई साउदी अरब लैजानको लागी भन्दै नेपाल सरकारले नै हप्ताको दश उडान गर्ने निर्णय गरेको छ । उनीहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने गरेपनि भारतमा दलालहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट परीक्षण बिना नै होटल–होटल ल्याइदिने गरेको आरोप छ । काठमाडौंमा संक्रमण विस्तार हुनुमा खाडी मुलुक जान आएका भारतीय नागरिकहरु नै प्रमुख कारण हुन सरकारले यसतर्फ ध्यान नदिएर अझै भारतीय कामदारलाई नेपाली कामदार भन्दा प्रमुख प्राथमिकता दिएपछि बिदेशमा रहेका नेपालीहरु चिन्तित बनेका छन भने उनीहरुको सरकारप्रतिको आक्रोस बढेको छ ।

सरकारको गतिविधिले यसपटक प्रिबजेट छलफल नहुने निश्चितजस्तै भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘अधिवेशन बोलाउने विषयको कुनै निर्णय भएन । नियमित नितिगत निर्णय मात्रै हो ।’ जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने कम्तिमा १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ ।
तर, बैठकले कुनै महत्वपूर्ण निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए । बैठकले केही कर्मचारीको सरुवा र बढुवाको निर्णय गरेको छ । ोरोना महामारी निरन्तर बढिरहँदा रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने दबाब सरकारलाई छ । साथै नीति कार्यक्रम र बजेटको तयारीका विषयमा समेत छलफल भएको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले आफूले छिट्टै विश्वासको मत लिने तयारी गरेकोबारे मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए । नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीले सुनाएको एक मन्त्रीले जानकारी दिए । ओली बैशाख ३० गते राति संविधानको धारा ७६ को ३ अनुसार सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक विश्वास छ । प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग नियमित छलफल गरिरहेका छन् ।
तर, ठाकुर पक्षले भने आफूहरु यसअघिझैं तटस्थ बस्ने जनाएको छ । विश्वासको मत नपाए संसद् विघटन गरेर नयाँ निर्वाचनमा मुलुकलाई डोर्याउने प्रधानमन्त्रीको तयारी छ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले समेत यो कुरा खुलासा गरेका छन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए संसद्ले वैकल्पिक सरकार दिन नसक्ने उनको दाबी छ । त्यही भएर मुलुक चुनावमा जानुको विकल्प नहुने उनले तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार