आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, केको मूल्य कति पुग्यो ?

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं । निगमले राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमै दुई रुपैयाँ बढाएको हो । यो मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजल तथा मट्टितेल १ सय ६ रुपैयाँ मूल्य कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फ उडान गर्ने जहाजले हाल्ने इन्धनको मूल्य भने यथावत रहेको छ ।

निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा र डिजलमा ४ रुपैयाँ ४६ पैसा नोक्सान रहेको दाबी गरेको छ। निगमले ग्यास एक सिलिण्डरमा ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार