काठमाडौ(जस)-देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संम्रमण भएका ४६ वर्षीय जलानको बिहीबार बिहान मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
गत वैशाख१८ गते अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।
तर सुधारोन्मुख अवस्थामा फर्किसकेका जलानको आज बिहान अचानक मृत्यु भएको हो । वैशाख १५ गते नर्भिकमा परीक्षण गराउँदा उनमा कोभिड १९ संक्रमण देखिएको थियो ।