आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशको पुन:नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

बुधबार, बैशाख २९ २०७८

टिका राम बस्नेत
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन।
गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार