शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बर्दिया प्रहरीले गर्‍यो १६थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बुधबार, बैशाख २९ २०७८

काठमाडौ।जिल्ला प्रहरी कार्यालय बर्दिया र जिप्रका अन्तर्गतका प्रहरी कार्यालयले संकलन गरेको २४ थान अक्सिजन सिलीण्डरमध्ये ८थान जिल्ला प्रहरी कार्यालयले राखी बाकी १६थान बिपत ब्यबस्थापन केन्द्र बर्दिया र अस्थायी कोभिड अस्पताललाई हस्तान्तरण गरेको छ।संकलित सिलीण्डर बिपद ब्यबस्थापन केन्द्र ,कोभिड अस्पताल माछागड र बारबर्दिया नगरपालीकालाई उपलब्ध गराएको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन।अक्सिजन सिलीण्डरको अभाबमा रहेका अस्पताललाई सहज होस भनी संकलन गरी बितरण गरीएको शाहीले बताए।आगामी दिनमा समेत अक्सिजनको अभाब भएका अस्पतालहरुलाई सिलीण्डर उपलब्ध गराउने तयारीमा रहेको शाहीले बताएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार