आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओलीलाई भारतले काँध थापेको नेपाल समूहको निष्कर्ष

बुधबार, बैशाख २९ २०७८

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहले मंगलबार आफ्नो समूहको भर्चुअल बैठक बोलाएको थियो । बैठकमा सहभागी नेताले भावी रणनीतिबारे विभिन्न कोणबाट छलफल गरे ।

यहीक्रममा वैकल्पिक सरकार गठनमा आफ्नो समूहको भूमिकाबारे नेताहरुले छलफल गरे । छलफलमा ओली सरकार जोगाउन भारत काँधै थापेर लागिरहेको निष्कर्ष निकालिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । बैठकमा भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्तिबारे पनि छलफल भएको थियो ।

स्वामीले ओली सरकार भारतको चाहनाअनुसार बनेको र प्रचण्ड सरकारमा आउँदा चीन विजयी हुने भनाई सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
यद्यपि स्वामीले एक सोही ट्वीटमा उठेको जिज्ञासामा जवाफ दिनेक्रम देउवाप्रति पनि लचक भएर धारणा राखेका छन् । आफूले प्रचण्डलाई पनि भेटेको र उनीबारे जानकारी भएको बताउँदै स्वामीले लोकतन्त्रप्रति प्रतिवद्ध शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि भारत खुसी हुने बताएका छन् ।

यी सबै प्रसंगसहित जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको भूमिकाले पनि नेताहरु ओली सरकार जोगाउन भारत भरपूर लागिरहेको निष्कर्ष निकालेका हुन् । यस्तो अवस्थामा सरकारको विकल्प खोज्ने काम थप कठिन भएको नेपाल समूहको निष्कर्ष छ ।

बैठकमा तर्क जे दिइए पनि अधिकांश नेताहरुले एमाले एकताकै पक्षमा अभिमत जाहेर गरेका छन् । उता, केपी ओली समूहले भने नेपाल समूहका केही ‘हार्डलाइनर’ नेताहरुलाई कडा कारबाही गर्ने र बाँकीलाई न्यूट्रलाइज गर्ने रणनीति लिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार