काठमाडाैं । सनराइज बैंक लिमिटेड र सेलपेबीच सम्झौता भएको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।्
Kumari Bank 300×290 newGlobal IME Bank newNepal Life Insurance
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली भित्र रही विकास गरिएको सेलकमको दावी छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने जनाइएको छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सनराइज बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्रगरिने रेमिट्यान्स पठाउन-पाउन, बीमा रकम भुक्तानी, EMI भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने जनाइएको छ ।
वि सं. २०६४ मा स्थापना भएको सनराइज बैंकले १३९ शाखाहरु, १२ Extension Counter, ७४ शाखा रहित बैंकिङ्ग सेवा र १६० एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको जनाइएको छ ।