आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय

सोमबार, बैशाख २७ २०७८

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेपाल समूहका नेता भीम रावलले आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा लोकतन्त्र र राजनीतिक स्थिरता कमजोर हुने बताए ।

उनकाअनुसार आजको बैठकमा नेपाल समूहका २२ जना सांसद अनुपस्थित हुनेछन् । दिउँसो १ बजे प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार