कठमाडौ(जस)-नेकपा(एमाले)माधब झलनाथ पक्षका सांसदहरुको बैठक केही समयमा बस्न लागेको हो। माधब झलनाथ पक्षधर सांसदहरुले आज बिहान ९बजे सम्म पाटी एकताको लागी दिएको समयसिमा सकीदैछ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिश्वासको मत लिनको लागी बेलाईएको बैठक दिउसो एक बजे बस्दैछ।आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीलाई समय सिमा समाप्त हुनै लाग्दा बैठक बस्न लागेको हो।