शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय (पत्रसहित)

आइतबार, बैशाख २६ २०७८

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार