आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान : काँग्रेस संसदीय दल

शनिबार, बैशाख २५ २०७८

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

काँग्रेस संसदीय दलले पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतमा गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य दललाई पनि प्रधानमन्त्रीको विरुद्धमा मतदान गर्न आग्रह गरेको छ । त्यस्तै काँग्रेसले वैकल्पिक सरकार गठनको पहल गर्ने समेत निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिन संसद्को विशेष अधिवेशन बोलाइएको छ ।

यसअघि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार