शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रियसभा सदस्यमा बादलको उम्मेदवारी दर्ता

शुक्रबार, बैशाख २४ २०७८

काठमाडौ(जस)-गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा .खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्बाचनमा बादलले नेकपा एमाले को तर्फबाट सुर्य चिन्हबाट चसनाब लड्ने छन भने उनका प्रतिस्पर्धि देबकोटा हसियााहतौडा चिनहबाट चुनाब लडदै छन। देबकोटालाई काङग्रेस ,माओबादी र एमालेको माधबनेपाल समुहको गठबन्धनका साझा उममेद्दार हुन।

प्रतिक्रिया
सम्बन्धित समाचार