आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वर्षमानको दावीः फेरि संसद बिघटन गर्ने दाउमा प्रधानमन्त्री

बिहिबार, बैशाख २३ २०७८

काठमाडौ(जस)-नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गर्ने नियत राखेको दावी गरेका छन्।
पीसीआर परीक्षणका लागि थ्रोट स्वाब नमूना दिन बिहीबार संसद भवन नयाँ बानेश्वर पुगेका नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि त्यस्तो गर्ने टिप्पणी गरे ।
उनले भने, ‘२७ गते विश्वासको मत प्राप्त हुँदैन अनि लुम्बिनीमा जस्तै, ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने, त्यहाँ पनि विश्वासका मत नपाएपछि ७६ (५) अनुसार पनि अरुले विश्वास पाउँदैन भनेर सबै मैं हुँ भनेर जाने विश्वासको मत नपाएको दिनमै संसद विघटन गर्ने र चुनावको घोषणा गर्ने उहाँको नियत देखिन्छ ।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत ठिक नरहेको बताएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार