शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

यस्तो छ सरकारले कोभिड नियन्त्रण र संक्रमितको उपचारका लागि तयार पारेको कार्ययोजना (पूर्णपाठ)

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि कार्ययोजना ल्याएको छ। सरकारले ल्याएको उक्त कार्ययोजनामा अस्पतालहरूको क्षमता, बिरामी संख्या, उपचार प्रकृति, आइसियु, शय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ गतेभित्र आवश्यक अक्सिजन सिलिण्डर संख्या निर्धारण गर्ने उल्लेख गरिएको छ।

अक्सिजन आपूर्ति गर्न उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पताललाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने र अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा चलाउने विषयहरु समेटिएका छन् ।

सबै कोभिड अस्पतालहरुमा हाई फ्लो अक्सिजन बेड व्यवस्था गर्ने, कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने कुरा पनि कार्ययोजनामा छ।

मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो ।

कार्ययोजना :

प्रतिक्रिया
सम्बन्धित समाचार