आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

बिहिबार, बैशाख २३ २०७८

काठमाडौ(जस)-नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) दलको बिधान २०७७ को दफा १३ बमोजिम उनलाई मनोनयन गरिएको हो । निरौलालाई बैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरी बागमती प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार