आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको ज्यान गयो, ८६५९ मा संक्रमण

बुधबार, बैशाख २२ २०७८

काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै नेपालमा थप ५८ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ ।
२० हजार ७ सय ५६ जनाको पिसिआर र ६सय १६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३सय ५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५सय ८८ जना होम आइसोलेसनमा र ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार भक्तपुरमा ४५४, ललितपुरमा ५१८ र काठमाण्डुमा ३८४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार