शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

म्यानचेस्टर सिटी पिएसजीलाई हराउँदैं च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश

बुधबार, बैशाख २२ २०७८

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–१ को जितसहित उपाधि भिडन्तमा पुगेको हो ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलेपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अवे मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जिताउने क्रममा दुवै गोल रियाद महरेजले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार