शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भारतको बिहारमा मंगलबारदेखि लकडाउन

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं (जस)- भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् ।बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ जना संक्रमितको मृत्यु भएको थियो । बिहारको राजधानी पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार