काठमाडौं । यो साता भारतमा थप१० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनिथप एक जनाको संक्रमणका कारणज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझ सम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१मुलुकमा रहेका ३सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २०हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोनामुक्त भएका छन् ।
अहिलेसम्म विश्वका ५४मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थपकोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार सांझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ ।

सुझाव
नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले जनाएको छ । ज्वरो आउने, खोकी लाग्ने, शरीरदुख्ने, स्वाद रगन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परिक्षण गर्नसमितिले सुझाएको छ।
नयाँ भेरियन्टको कोरोना भएमापरिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनैलक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ । यस्तै मधुमेह रउच्च रक्तचाप भएकामानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनुसकने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधी सेवनमा विशेष ध्यान दिनुपर्छ । पोषणयक्त खानेकुरा खाने, शारीरिक व्यायाम समेतगर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटरराख्ने र बेलाबेलामा अक्सिजन नाप्नुपर्छ । अक्सिजन लेभलकम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनिसमितिले सुझाएको छ।