शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आयल निगमलाई १५ दिनमा १ अर्ब घाटा, भारतले मूल्य बढाए पनि नेपालमा मूल्य वृद्धि भएन

सोमबार, बैशाख २० २०७८

काठमाडौं(जस)–पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा भने यसको मूल्य नबढ्ने भएको छ । नेपाल आयल निगमले कोरोना भाईरसको महामारीका कारण लगाईएको लकडाउनका कारण आगामी १५ दिनमा १ अर्ब घाटा हुने भएपनि मूल्य नबढ्ने जानकारी दिएको हो ।
निगमका अनुसार पछिल्लो समय भारतबाट मूल्य बढेर आउँदा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्याँसमा प्रति सिलिण्डर ३ सय ७५ दशमलव १३ रुपेयाँ घाटा बेहोरी रहेको छ । निगमले अन्तरराष्ट्रिय मूल्य अनुसार प्रत्येक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्नेगरेको छ । तर यसपाली भने निगमले मूल्य नबढाउने बताएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार