आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन अमेरिकाद्वारा एक अर्ब ३० लाख अनुदान

आइतबार, बैशाख १९ २०७८

काठमाडौँ(जस)–अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

शनिबार बेरीले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन् । उनले भनेका छन्, ’कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार