आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

शनिबार काेराेनाबाट ५७६३ संक्रमित, १९ को मृत्यु

शनिबार, बैशाख १८ २०७८

काठमाडौं । शनिबार कोरोनाबाट नेपालमा ५७६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या १९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार चार सय तीन जनाको पीसीआर र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

जसमा पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ जना र एन्टीजेन विधिको परीक्षणबाट ५७ गरी ५ हजार ७ सय ७ सय ६३ कोरोनाबाट संक्रमित भएका हुन् ।

यसमध्ये काठमाडौंमा १९३२ जना, ललितपुरमा ३५५ जना र भक्तपुरमा २०८ जना गरी २४९५ जना संक्रमित देखिएका छन् ।

झण्डै ६ हजार संक्रमित बढ्दा नेपालमा ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित पुगेका छन् । २४ घण्टामा काेराेनाबाट १२ सय ८७ मुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार