काठमाडौ(जस)-नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (मर्ज) गर्ने भएको छ । नविल र युनाइटेडबीच प्राप्तिसम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा नविलका तर्फबाट मर्जर समिति संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समिति संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन। नविल बैंक स्रोतका अनुसार मर्ज पछि युनाइटेड फाइनान्सको १०० कित्ता सेयर बराबर नविलको ३५ कित्ता सेयर हुनेछ ।‘मर्ज’ पश्चात नविल बैंकको शाखा सञ्जाल १४७ पुग्नेछ भने काठमाडौं उपत्यकाभित्र मात्रै शाखा संख्या ३७ हुनेछ । एटीएम संख्या भने १९० हुनेछ । यसैगरी चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेप २१६ अर्ब हुनेछ भने ककर्जाको आकार २ खर्ब १ अर्ब हुनेछ ।
नविल बैंकले मर्जर प्रक्रियामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारित गरेको थियो र सोही वर्षनै मर्ज सम्झौताको घोषणा पनि गरेको छ ।