रुपन्देही(जस) रुपन्देहीको सैनामनामा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन। सैनामना नगरपालीका १ बनकट्टामा नगरपालिकाले संचालन गरेको कोरोना अस्थायी अस्पतालको शौचालयमा स्ेनामैना बरगदियाका ४० बर्षीय पुरुषले आत्महत्या गरेका हुन। बैशाख १६ गते कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको स्वास्थ्य अबस्था भने सामान्य रहेकोमा हनीबार बिहान शौचालय जाने बहानामा झुन्डिएर आत्महत्या गरेको अस्पतालका स्वास्थ्यकर्मी दिपक पाण्डोले जानकारी दिएका छन।‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’स्वास्थ्य अबस्था सामान्य हुदाहुदै पनि परिवारको आग्रहमा भर्ना गरीएको पाण्डेले बताए।उनमा केही समयदेखी मानसीक समसया रहेको पारिवारीक श्रोतले बताएको छ।