आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सार्दनाको निधन

शुक्रबार, बैशाख १७ २०७८

नया दिल्ली(जस)- भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ ।जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै उनले दिल्लीस्थित एक अस्पतालमा अन्तिम सास लिएको जनाइएको छ ।

उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए ।आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम संचालन गर्दै आइरहेका थिए । उनको निधनमा सामाजिक संजालमा राजनीतिज्ञ र सेलेव्रिटीहरुले शोक व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार