काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि लकडाउन लागेको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालय आज बिहीबार (बैशाख १६ गते) देखि एक साताका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि जिल्लाभर लकडाउन लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।
यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।
ललितपुर र भक्तपुर जिल्लामा पनि लागू भएको छ । सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि लकडाउनसम्बन्धी आदेश जारी भएको हो ।

