आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अबैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

बुधबार, बैशाख १५ २०७८

१५ वैशाख, काठमाडौं।अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन सहित मोरङ
स्थायी घर भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ रहेको शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बिमानस्थलको चेकजाँच क्षेत्रको एक्सरे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याईएको अबस्थामा उक्त सुन सहित पक्राउ गरीएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार