बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

च्याम्पियन्स लिगमा मड्रिड र चेल्सीको बराबरी

बुधबार, बैशाख १५ २०७८

काठमाडौं । युरोपियन जायन्ट रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बराबरी खेलेका छन् । लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मड्रिड र चेल्सीले बराबरी खेलेका हुन् । गएराति भएको पहिलो लेगमा स्पेनिस क्लब रियल र इङ्ग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।

अल्फ्रेडो डि स्टेफानोमा सुरुवाती अग्रता लिएपनि चेल्सीले जित निकाल्न सकेन । चेल्सीका लागि खेलको १४औँ मिनेटमा एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गर्दै क्रिस्टियन पुलिसिचले गोल गर्दै १(० को अग्रता दिलाएका थिए ।

तर, खेलको २९औँ मिनेटमा रियलले खेल बराबरीमा ल्यायो । उसका लागि इडर मिलिटाओको पासमा करिम बेन्जिमाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुवै टोलीले थप गोल गर्न नसक्दा सेमिफाइनलको पहिलो लेग खेल बराबरीमा सकियो । बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना कायम छ ।

पहिलो लेख रियलको अस्थायी मैदानमा भएकाले अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार