आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लकडाउन गरेर आफ्नो दायित्व नबिर्स सरकार : विवेकशील साझा

बुधबार, बैशाख १५ २०७८

काठमाडौँ । विवेकशील साझा पार्टीले लकडाउन गरेर आफ्नो दायित्व चाहिँ नबिर्सन सरकारलाई आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराएको छ ।
विवेकशील साझाले सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान गर्न आग्रह गर्दै अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता देखाउन सुझाव दिएको छ ।
त्यस्तै कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड दिन आग्रह गर्दै क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गर्न सुझाव दिएको छ । त्यस्तै दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख गर्न सुझाव दिएको छ । विवेकशील साझाले कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार