लमही १४ बैशाख ।
लमही नगरपालिका भित्र मंगलबार थप आठ जनामा कोरना पोजेटिभ देखिएको छ ।आज मगलबार बिहान ८ बजे देखि १० बजे सम्ममा कुल २९ जनाको लमही अस्पतालमा गरिएको अन्टिजन टेस्ट गर्दा आठ जना स्थानीयमा कोरोना संक्रमण देखा परेको लमही न.पा.स्वास्थ शाखा प्रमुख तथा फोकल प्रसन लालमणि सुबेदीले जानकारी दिनु भयो । कोरोना पोजेटिभ देखा परेको सबैको अबस्था सामान्य रहेको र उनिहरु लाई होम आइशुलेशनमा नेपाल सरकारले तोकेबमोजिमको समय अबधि सम्म बस्न भनिएको छ । जसमा ६ जना पुरुष र २ जना महिला रहेका छन । डाक्टरले निर्देशित गरेका कोरोना भएको शंकास्पद ब्यक्तिहरु लाई मात्रै बिहान ८ बजे देखि १० बजे सम्म निशुल््क टेस्ट गर्ने ब्यबस्था पनि मिलाइएको स्वास्थ्य शाखा प्रमुख सुबेदीले बताएका छन ।गत ३दिनमा कुल ६८ जनामा कोरोना भएको पुष्टि भएको छर्। शहरी भेग भन्दा गाउँमा धेरै रहेछन । दोसो चरणको कोरना आए पछि पहिलो पटक लमही अस्पतालमा टेस्ट गरिएको हो ।’ उनले भर्र्ने यस अधि देउखुरी लमहि र राप्ती गा,पा,मा दुई जनामा कोरनाको पुष्टि भएको थियोे ।’उता लमहि न,पा,५ का अध्यक्ष तथा लमही न,पा,का प्रबक्ता बिम बहादुर केसीले भने परिस्थिति अनुरुप ्चल्नु पर्छ चल्ने हो भै लमहि नगर पालिकाको सेवा प्रबाह भने नरोकिने हिजो र आज पनि नियमित सेवा प्रबाह जारी छ भोलि पनि जारी रहन्छ यो निरंतर चल्छ चलाउनु पर्ने बाध्यता रहेको छ भन्दै स्थिती भयावह नहुदा सम्म सेवा निरंतर चल्ने उद्घोष गरे ।
लमहि नगरपालिकाले बुधकार बिहान ५ बजे देखि १० बजे बिहान संम्पुर्ण बजार बन्द गर्न भनेको छ । । मंगलबार सुचना जारी रहेर यस्तो अनुरोध गरेको हो ।यद्यपि होटल ,मेडिकल भने बेलुका ८ बजे पछि बन्द गर्न निर्देशन दिएको छ ।उक्त समय अबधिमा नेपाल सरकारले जारी गरेर स्वास्थ सुरक्षाका मापदण्ड पालन गरि मास्क ,सेनिटाइजर प्रयोग गरेर मात्रै अति आबश्यककाम परे मात्रै बाहिर निस्कन स्थानीयनगरबासिमा अपिल गरेको छ ।
वडा नम्बर ४को सेवा प्रबाह भने अनिश्चित काल सम्म स्थगित
लमही ४ गोर्जिहवामा कोरोना संक्रमित धेरै देखिएको भन्दै मंगलबार देखि अर्को सुचना जारि नहुदा सम्म सबै काम ठप्प भएकोे छ । झन्डै १०० वढि सेवा ग्राहिहरु सेवा लिन आउने कार्यालयमा सेवा नपाउदा फर्कन बाध्य भएको स्थानीय मंगल चौधरिले जानकारी दिनु भयो र्। म काम लिएर गएको थिए ,कार्यालय एका एक बन्द हुदा म जस्ता धेरै सेवा ग्राहि फर्किनु पर्यो ।’ उनलेभर्ने हिजो नै सुचना वडाले गरिदिएको भए म जस्तैः धेरै सेवा ग्राहि घाममा अनाहकमा मा समय खेर फाल्नु पर्ने थिएन ।’ यस्तै आजै मंगलबार देखि लमहीनगरपालिकाका शिक्षण सस्था पनि अर्को सुचना नआउन्जेल सम्मका लागि सबै सेवा स्थगित गरिएको शिक्षा साखा प्रमुख रबिन्द्र क्षेत्रिले बताउनुभएको छ ।कोरनाले बिधार्थि बाल बच्चा लागि धेरै संक्रमित बनाएर मृत्यु हुन थालेको भन्दै बिधालय बन्द गरेको हो ।