कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृश्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा पेस गरिएको छ । आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको सामना छल्न यही मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरिदिए ।
तर, मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै कांग्रेस, माओवादी केन्द्र र जपसाले विशेष अधिवेशन बोलाउन सोही दिन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन पनि दिएका थिए । विपक्षी दलको मागको सुनुवाइ गर्दै प्रदेश प्रमुख शेरचनले सोमबारका लागि विशेष अधिवेशन बोलाएका थिए ।
काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि निषेधाज्ञा, यातायात सेवा पनि बन्द हुनेकाठमाडौं उपत्यकामा बिहीबार रातिदेखि निषेधाज्ञा, यातायात सेवा पनि बन्द हुने
सोहीअनुसार सोमबार भएको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस गरिएको हो । भावी मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नाम प्रस्तुत गरिएको छ । उनै नेपालीले सोमबार मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेश गरेका हुन् ।
कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । पेस भएको सो प्रस्तावमाथि प्रदेशसभामा छलफल हुनेछ । त्यसपछि सो प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।