आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका विदेशीकाे कोरोना परीक्षण नगर्न निर्देशन (पत्रसहित)

आइतबार, बैशाख १२ २०७८

काठमाडौं । सबै विदेशी नागरिकले नेपालमा कोरोना परीक्षण गर्न नपाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षण सन्बन्धमा सार्वजनिक सूचना जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्नेगरी आएका विदेशी नागरिकले कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएपछि त्यस्तो परिस्थिति बनेको हो।

मन्त्रालयले सबै प्रयोगशालाहरूलाई कोभिड-१९ प्रयोगशाला परीक्षण निर्देशिका, २०७७ अनुसार कोभिड-१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ। निर्देशनविपरीत गरेगराइएको पाइए नियमानुसार कारबाही हुने पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

सूचना :

प्रतिक्रिया
सम्बन्धित समाचार