बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारको अन्तिम परिषद् भेला सम्पन्न, निर्वाचन प्रमुखमा रमेस भट्ट चयन

शनिबार, बैशाख ११ २०७८

काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको तेस्रो तथा अन्तिम परिषद भेला सम्पन्न भएको छ । संघका अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अनलाइन भर्चुअल जुम मार्फत भएको २०१९-२१ कार्यकालको अन्तिम पार्षद भेला बिधिवत उद्घाटनसहित आईसिसि सदस्य रमेस भट्टलाई प्रमुख निर्बाचन आयुक्तमा चयन गर्दै संपन्न भएको हो ।

उक्त भर्चुअल बैठकमा प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने द्धित्तिय उपाध्यक्ष कुमार खड्काले सङ्घसंस्था समन्वय प्रतिवेदन पेस गरेका थिए । युवा बिभागको कार्यप्रगति प्रतिबेदन युवा संयोजक रविन मगरले पेश गरेका थिए भने महिला संयोजक अम्बिका खत्रीले पनि आफ्नो विभागको कार्यप्रगति बिबरण प्रस्तुत गरेकी थिईन । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भारद्वाजले कोरोनाको समयमा पनि एनआरएन एनसिसि कतारले प्रभावकारी कार्य गरेको, राजदूतावाससँग समन्वय गरेको, आन्तरिक र श्रम मन्त्रालयसँगको समन्वय गरि हवाई टिकट उपलब्ध गराएको, आवास र खाद्यान्न वितरणमा संघले गरेको योगदानको प्रशंसा गर्दै परिषद भेलाको सफलताको शुभकामना व्यक्त गरे ।

कोरोनाले कतारमा पुरÞ्याएको असहज परिस्थितिमा पनि एनआरएन एनसिसि कतारले श्रमिकका लागी उत्कृस्ट कार्यसम्पादन गरेको थियो । श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका संयोजक एवं एनआरएन एनसिसि कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले आफ्नो टिमले गरेको कार्य कतारका नेपालीमाझ चिरपरिचित रहेको बताउदै आफुहरु सधै नेपालीहरुको सुख दुखको साथी भएको जनाए ।
भेलामा संघका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले कार्यकालमा संघले ३ लाख ३० हजार ४ सय ९२ रियाल आम्दानी र १ लाख ८४ हजार २ सय ३७ रियाल खर्च गर्दै १ लाख ४६ हजार २५५ रियाल बचत गरेको आयव्यय प्रस्तुत गरे । भेलामा संघको २ बर्षे कार्य प्रगति विवरण महासचिव पदम गिरीले पेस गरेका थिए । एनआरएन एनसिसि कतारको पार्षद भेलाले महासचिव पदम गिरीलगायत कार्यसमितिका पदाधिकारीको कार्य प्रगति बिबरण केहि सुझाबका बाबजुद सर्बसम्मतिले पारित गरेको थियो ।

शुक्रवार सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको तेस्रो तथा अन्तिम परिषद भेला सर्बसम्मतिले संपन्न भएकोमा अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सबै पार्शदलाई धन्यबाद व्यक्त गरेका छन । अध्यक्ष मुक्तदाले उक्त कार्यक्रममा उपस्थिति जनाएकोमा
प्रमुख अतिथी नेपाली दूताबास कतारका राजदूत महामहिम नारदनाथ भारद्वाज वाग्ले , विशेष अतिथीहरु आईसीसी अध्यक्ष कुमार पन्त , नेपाली दूतावास कतारको दित्तिय सचिव प्रबीन भट्टराई , आईसीसी सचिव आरके शर्मा , आईसीसी सल्लाहकार टीबी कार्की , मध्यपुर्ब संयोजक प्रबीन गुरुङ्ग, आईसीसी संस्थापक सदस्यहरू, मानार्थ परिषद सदस्यहरू, आईसीसी सदस्यहरू, पुर्ब अध्यक्षहरू तथा पदाधिकारीहरु , प्रमुख सल्लाहकार , सल्लाहकारहरू, सम्पूर्ण सहभागी वैचारिक संघसंस्थाका प्रमुखहरू, पत्रकार साथीहरू, सामाजिक एवं धार्मिक संघसंस्थाका प्रमुखहरू, प्रदेश तथा जÞिल्ला संघसंस्थाका प्रतिनिधीहरू, समाजसेवी ब्यवसायी तथा समाजका अगुवा साथीहरू, कार्यसमितीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलगायत सम्मानित सम्पूर्ण पंजीकृत सदस्यहरूलाई कार्यक्रम सफल बनाउन गर्नुभएको साथ सहयोग र उपस्थितिका लागि हार्दिक आभार व्यक्त गरेका छन ।

खाडी राष्ट्रमा श्रमिक उद्धारमा आईसीसीले दिएको रकममा भ्रष्टाचार भइरहेको समाचार बाहिरिएको बेला कतारको हकमा पहिलो पटक गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा सञ्चालित कोभिड –१९ कार्यक्रमका बारेमा अध्यक्ष मुक्तदाले कतारमा १ लाख ४४ हजार ११४ रियाल रकम आएको र हालसम्म विभिन्न शीर्षकमा ८६ हजार ५ सय ६२ रियाल खर्च भइसकेको जानकारी दिए । परियोजना चालु रहेको हुँदा यसको अन्त्यसँगै आर्थिक विवरण सार्वजनिक गर्ने र बाँकी रहेको रकम फिर्ता गरिने प्रतिबद्धता मध्यपूर्व संयोजक तथा परियोजना अनुगमन समितिका संयोजक प्रवीन गुरुङले बताए । संघको कार्यकाल २०१७–२०१९ मा स्थापित साहित्य तथा पत्रकारिता पुरस्कारलाई यस कार्यकालमा पनि निरन्तरता दिँदै कार्यकाल २०१९–२०२१ को ‘पत्रकारिता पुरस्कार’ तिलु शर्मा र ‘साहित्य पुरस्कार’ दीप मिलन र स्वास्थ्य तथा खेलकुद पुरस्कार ईन्तखाब अहमदलाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार