शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ग्लोबल एनआरएन सिंगिङ आइडल संगीतको झंकारमा विश्वभर चिनिने अवसर हो : राज रेग्मी, युवा संयोजक/आयोजक

शनिबार, बैशाख ११ २०७८

दोहा । ग्लोबल एनआरएन सिंगिङpa आइडल–२०२१ को तयारी अन्तिम अबस्थामा पुगेको छ । ग्लोबल एनआरएनए सिंगिङ आइडल–२०२१ को सम्पूर्ण तयारीमा जुटेको छ, गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समिति ।
एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक एवं कार्यक्रमका आयोजक राज रेग्मी कार्यक्रम सफल पार्न अहोरात्र खटिएका छन् ग्लोबल सिंगिङ आइडलको तयारीमा । पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएपछि यसको तयारी अझै बृहत ढंगबाट चलिरहेको रेग्मीले बताए । हाल विश्वका युवाहरूमा उत्साह देखिएको छ, विश्वभरिका नेपालीहरूले डिजिटल अडिसनका लागि भिडियो पठाइरहनु भएको छ, अझै पठाउँदै हुनुहुन्छ र धेरै ठाउँबाट आइडलको अफिसियल पेजमा जिज्ञाशा पनि राखिरहनु भएको छ,’ रेग्मीले भने ।


प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको बताउँदै संयोजक रेग्मीले प्रवासमा रहेका नेपालीहरूका लागि यो सुवर्ण अवसर रहेको बताए ।
‘ग्लोबल एनआरएन सिंगिङ आइडल सामान्य सांगीतिक कार्यक्रम मात्रै होइन, यो प्रवासमा रहनु भएका संगीत साधनामा संलग्न नेपालीहरूका लागि संगीत र स्वरको झंकारमा विश्वभर चिनिने अवसर पनि हो,’ रेग्मीले भने ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमार्फत् आफ्नो प्रतिभा प्रष्फुटन गर्न ४० वर्षसम्मका युवाहरूलाई अनुरोध गर्दै संयोजक रेग्मीले नवीनतम् सांगीतिक यात्रा प्रारम्भ गर्नका लागि पनि आइडलको प्रतिष्पर्धा सहयोगी हुने भएकाले धेरै भन्दा धेरैको सहभागिता जनाउन रेग्मीले आग्रह गरे ।
एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले ग्लोबल एनआरएनए सिंगिङ आइडलको अडिसनको मिति परिवर्तनलाई पनि थप अवसरका रुपमा लिन आग्रह गरेका छन ।

ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको बताउँदै रेग्मीले प्रतियोगिताका विजेताहरूले प्राप्त गर्ने पुरस्कार रकम पनि बृद्धि गरिएको बताए ।
ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए । यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो । दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने रेग्मीले बताए । मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुनेछ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।
ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्रश्ना शाक्य र गायक विजय लामा रहने रेग्मीले बताए ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाउने क्रम जारी रहेको छ । प्रतियोगितामा विश्वभरिबाट सहभागी गराउनका लागि समयावधि बढाउनु पर्ने अनुरोध आयो, सोही सुझावलाई दृष्टिगत गर्दै समयावधिसहित कार्यक्रमको गरिमालाई थप वृद्धि गर्न मिति परिवर्तनसहित पुरस्कारको राशि बढाइएको हो रेग्मीले भने।
विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको पनि व्यवस्था गरिएको संयोजक रेग्मीले बताए । उक्त कार्यक्रम आयोजना गरेका रेग्मीलाई विश्वमा रहेका गैरआवाशीय नेपालीहरुले उत्कृस्ट कार्यक्रम आयोजना गरेकोमा धन्यबाद व्यक्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार