आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ गते हुने

शुक्रबार, बैशाख १० २०७८

काठमाडौं(जस)–निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद बनेका रामबाहदुर थापाको सांसद पद रिक्त भएपछि आयोगले जेठ ६ गते सो रिक्त स्थानमा उपनिर्वाचन गर्ने भएको हो ।
उपनिर्वाचनको मिति तोक्दै आयोगले भनेको छ, ’२०७८ साल जेठ ६ गते बिहीबारका दिन बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय रामबहादुर थापा मगरको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८–०१–०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ ।’
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको आयोगले जनाएको छ ।
आयोले राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि संवत् बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र यस आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरेको छ । निर्वाचन आयोगले उक्त घोषणा अनुसार बिहीबारदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार