आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले अध्यक्ष ओली र नेता नेपालबीच मेरियट होटलमा दोस्रो भेटवार्ता सम्पन्न, धरहराको संयुक्त रुपमा अवलोकन

बिहिबार, बैशाख ९ २०७८

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।

काठमाडौंको नागपोखरीस्थितको मेरियट होटलमा भएको दोस्रो भेटवार्ता सम्पन्न भएको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोतिलाल दुगडले जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दोस्रो भेटवार्ता पनि सकारात्मक भएको जानकारी दिनु भयो ।

यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा तिक्तता भएकै अवस्थामा हिजो बुधबार साँझ ओली र नेपालबीचमा लामो समयपछि भेटवार्ता भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा हुने पूर्वसन्ध्यामा हिजो भएको ओली र नेपालबीचको भेटले सत्तारुढ नेकपा एमालेभित्र सकारात्मक तरंग पैदा गरेको थियो ।

आज बिहीबार पनि पाँच तारे मेरियट होटलमा ओली र नेपालबीचमा भेटवार्ता सँगसँगै पुननिर्माणको अन्तिम चरणमा पुगेको धरहराको संयुक्त रुपमा अवलोकन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार