काठमाडौं । मिति २०७८।०१।०५ गते अ. १३:३० बजेको समयमा बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा दमक न.पा. ६ नमुना मार्ग स्थितमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत बस्ने वर्ष २६ को सिद्धिक आलम भनि नाम बताउने मानिसलाई शंकित अबस्थामा फेला पारी चेकजाँच गर्दा निजले लगाएको पेन्टको गोजीभित्र नेपाली रुपैया रु.१५००।– (पन्ध्र सय) र कालो र हरियो प्लास्टिकमा पोका पारी बोकी राखेको प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २९ (उनन्तिस) ग्राम फेला पारी बरामद गरी निज सिद्धिक आलमलाई तत्कालै नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी इ.प्र.का. दमकमा राखिएको छ।
झापा जिल्लामा लागू औषध सम्बन्धि घटना बढ्नुको साथै यस्ले धेरै सामाजिक असर फैलाएको कारण नेपाल प्रहरि झापा जिल्ला कार्यलयले निकै नै कडाइका साथ अनुसन्धान तथा खोजी तिव्र पारेको छ। बिशेषत युवा बर्गहरु लागू औषधमा लिप्त रहनुका कारण यस्ले अपराधीक मानसिकता बढाएको र सामाजिक सुरक्षामा पनि प्रत्यक्ष असर पुर्याइरहेको कारण यस्को निवारणमा सुरक्षा निकाय निकै गम्भीरताका साथ लागि परेको प्रहरी कार्यलयले जनाएको छ।