आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण, चित्तबुझ्दो स्पष्टीकरण नदिए कारवाही गर्ने निर्णय

सोमबार, बैशाख ६ २०७८

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका २० जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेकोलगायतका आरोप उनीहरूविरुद्ध लगाइँएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरूलाई वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार