आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलेसियाबाट ९ नेपाली कामदारको शव ल्याइयो, १७ ल्याउन बाँकी

आइतबार, बैशाख ५ २०७८

काठमाडौं । मलेसियाबाट ९ जना नेपाली कामदारको शव ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानबाट उक्त शव शनिबार नेपाल ल्याइएको हो ।

शव वैदेशिक रोजगार बोर्डले शनिबार नै उनीहरुको निवाससम्म पुर्‍याइदिएको छ । केही दिनअघि पनि मलेसियाबाट ३० वटा शव नेपाल ल्याइएको थियो । मलेसिया र साउदीबाट अझै १७ वटा शब ल्याउन बाँकी रहेको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिएका छन् ।

बोर्डले अनुमान गरे भन्दा यस वर्ष बढी कामदारको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । बोर्डले चालु आर्थिक वर्षमा ७ सय ५० वटा शव आउने अनुमान गरेकोमा फागुन मसान्तसम्म ८ सय ८१ जनाको शव आएको बताएको छ । बोर्डले मृतकका आश्रित परिवारलाई फागनु मसान्तसम्म ५४ करोड ९८ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ ।

मलेसियामा गतवर्ष सन् २०२० मा २ सय ८४ जना, अघिल्लो वर्ष सन् २०१९ मा २ सय ९८ जना र सन् २०१८ मा ३ सय ४७ जनाको मृत्यु भएको थियो । मृतकहरु मध्ये धेरैले आत्महत्या गरेको देखिएको छ ।

नेपाली दूतावास मलेसियाले प्रस्थानपूर्व नेपालमा दिइने अभिमुखीकरण तालिमको प्रभावकारितामा कमी रहेका कारण घर र कम्पनीबीचको तनाव व्यवस्थापन गर्न नसक्ने कामदारले आत्हत्याको बाटो रोजेको विश्लेषण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार