आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

१० अर्व रुपैयाँमा स्पेनमा लुम्बिनी गार्डेन बन्दै (भिडियोसहित )

आइतबार, बैशाख ५ २०७८

स्पेन । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारिएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने योजना अघि सारेको हो।

नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मुर्ति राखिने भएको छ। केहि बर्षदेखि लुम्बिनी गार्डेन राजधानी म्याड्रिडमा बन्ने चर्चा समेत थियो। अन्तत एक्स्त्रेमादुरा प्रदेशमा गार्डेन बन्ने निश्चित भएको फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा बताए। परियोजनाका लागि जमिन प्राप्त हुनु आँफैमा महत्वपूर्ण रहेको भन्दै स्पेन सरकारको पूर्ण सहयोग र समर्थन रहेको उनको दावी छ।

‘ महत्वपूर्ण कुरा भनेको गार्डेन निर्माणका लागि जमिन प्राप्त गर्नु हो। हामीलाई स्पेनको केन्द्रिय तथा प्रदेश सरकारले पूर्ण सहयोग र समर्थन गरेको छ। अवको दुई बर्षमा शिलान्याससँगै निर्माणको काम थाल्ने छौ। १० बर्षभित्रमा परियोजना निर्माण सम्पन्न गर्ने हाम्रो योजना रहेको छ।’अध्यक्ष भिलानोभाले बताए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित लुम्बिनी क्षेत्रका नगर प्रमुखहरुले समेत गत साता स्पेनको भम्रण गरेर परियोजना निर्माणको अभियानमा साथ दिएका छन्।लुम्बिनी,कपिलवस्तु,देवदह र रामग्राम नगरको माटो बोकेर स्पेन उत्रिएका नगरप्रमुखहरुले काथेरस नगरको माटोसँग समिश्रण गरेका थिए।र लुम्बिनी गार्डेन बन्ने उक्त स्थानमा नै पुगेर पिपलको रुख रोप्दै परियोजनाको शुभारम्भ गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले लुम्बिनी गार्डेन परियोजनालाई नेपाल सरकारले पूर्ण सहयोगसहित सदैव हातेमालो गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्।स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै उनले गौतम बुद्धको देशको सरकारका तर्फबाट यो प्रोजेक्टका लागि सदैब हातेमालो र सहयोग रहिरहने प्रतिबद्दता व्यक्त गरेका हुन् ।

लुम्बिनी गार्डेन फाउन्डेसनमा डायस्फोरामा रहेका नेपाली ब्यबसायीहरु तथा स्पेनी लगानीकर्ताहरुलाई जोड्ने काम महासचिव एकराज गिरीले गरेका छन्। झन्डै दुई दशकदेखि स्पेनमा बस्दै आएका गिरीले स्थानीयस्तरमा प्रदेश सरकारसँग समन्वय गर्दै नेपाली उच्च स्तरीय टोलिलाई स्पेनको एक्स्त्रेमादुरा भम्रण सम्भव गराएका हुन्।

म्यानमार,चिन,थाईल्याण्ड,श्रीलङ्का लगायत देशहरुबाट बौद्वधर्मप्रति आस्था राख्ने संघसंस्था तथा ब्यक्तिहरुबाट परियोजनाका लागि सहयोग प्राप्त हुने फाउन्डेसनले जनाएको छ। उनिहरुले आ -आफ्नो देशको कलाकृति झल्कने गरी छुट्टाछुट्टै कक्षहरुको निर्माण गर्ने भएका छन्।

महत्वकांक्षी परियोजना भएतापनि रकम संकलनमा ठुलो समस्या नभएको फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ बताए। बेलारुस निवासी ब्यबसायी समेत रहेका श्रेष्ठले प्रत्येक शान्ति प्रिय मानिसहरुले हातेमालो गर्ने बिश्वास ब्यक्त गरेका छन्।

https://www.facebook.com/watch/?ref=external&v=467504244453722

साभार:-भिडियो रिपोर्ट हिमालय टेलिभिजनबाट

प्रतिक्रिया
सम्बन्धित समाचार