आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

भारतको पश्‍चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

बिहिबार, बैशाख २ २०७८

झापा। भारतको पश्‍चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बिहीबार विहान ६ बजेदेखि सिल गरिएको छ ।

पश्‍चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई द‍‍ृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए ।

उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार