काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले नयाँ बर्षको अवसरमा अहिले कोरोनाको दोस्रो लहर आइरहेका बेला थप सचेत हुन र सतर्कता अपनाउन अपिल गर्ने भएका छन् ।