काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सम्पूर्ण आय–व्ययको विवरण प्रकाशित गरेको छ । एनआरएनएले यही पौष मसान्त सम्मको सम्पूर्ण हिसाबकिताबको बिबरण प्रकाशित गरेको हो । पछिल्लो समय एनआरएनएका विभिन्न देशमा रहेका राष्ट्रिय समितिका पदाधिकारीहरुले नै आर्थिक अपचलन गरेको सार्वजनिक भइरहेको समयमा संघले आफ्नो सम्पूर्ण हिसाबकिताब सार्वजनिक गरेको हो ।
संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए सधै आर्थिक पारदर्शिताको पक्षमा रहेको बताउँदै समपूर्ण हिसाबकिताब सार्वजनिक गरिएको बताए । ‘यसले पनि हाम्रो आर्थिक पारदर्शितालाई थप उजागर गर्ने ठानेका छौं’, श्रेष्ठले जनसवाल डटकमसँगको कुराकानीमा बताए ।
विज्ञप्ति :
गैरआवासीय नेपाली संघ (NRNA ) को यही पौष मसान्त सम्मको सम्पूर्ण हिसाबकिताबको बिबरण प्रकाशित :
https://nrna.org/reportcategory/financial-report-iii/
हरेक ३/३ महिनामा NRNA केन्द्रको संपूर्ण आर्थिक हिसाबकिताबहरु पारदर्शी ढंगले सार्वजनिक गर्ने हाम्रो प्रतिवध्दता अनुसार संघको यही पौष मसान्त सम्मको सम्पूर्ण हिसाबकिताबको बिबरण वेब साइट मार्फत सार्वजनिक गरिएको छ।
यसमा संघको Balance Sheet, Bank Balance , Advance , Payables ,Receivables, Various Funds balances, समाबेश गरिएको छ। यस रिपोर्टमा संघका मेगा प्रोजेक्टहरु Laprak Project, NRNA Building, Shankhamul Park, का साथै ILO Funded Project र COVID-19 का सन्दर्भमा संघले गरेका आर्थिक क्रियाकलाप पनि समाबेश गरिएकोछ।
For Detail Information:
https://nrna.org/reportcategory/financial-report-iii/
भवदीय
महेश कुमार श्रेष्ठ
कोषाध्यक्ष
गैरआवासीय नेपाली संघ