आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

देशैभर क्रमिक रुपमा बढ्दै कोरोना संक्रमित, औषत प्रतिदिन १३३ संक्रमित थपिए

बिहिबार, चैत्र २६ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ चैतमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सो दिन पुष्टि भएका संक्रमितको संख्या जोडेर नेपालमा २ लाख ७५ हजार २३१ जना संक्रमित पुगेका थिए।

यस्तै, पछिल्लो समय क्रमिक रुपमा संक्रमण बढ्दै आएको देखिएको छ। त्यसपछि चैत ८ गते ७७ जनामा संक्रमण देखिएको थियो । चैत पहिलो साताको औषतमा प्रतिदिन ९६ संक्रमित थपिएका छन्।

त्यस्तै, चैत दोस्रो सातामा औषति संक्रमितको संख्या झन बढेको छ। यो साता औषत प्रतिदिन १३३ संक्रमित थपिएका छन्।

नयाँ संक्रमित थपिने क्रममा चैत तेस्रो साता झन बढेको हो । चैत २२ गते१ सय ७६ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । यो साता औषतमा दैनिक थपिएका संक्रमितको संख्या १५८ पुगेको छ।

यसैगरी, चैत २३ गते २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो भने चैत २४ गते २ सय ६० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, चैत २५ गते २ सय ९८ नयाँ संक्रमित देखिएका छन्। योसँँगै संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या २ हजार २०१ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार