आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोनाबाट विदेशमा थप चार नेपालीको मृत्यु

सोमबार, चैत्र २३ २०७७

काठमाडौँ(जस)–कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । समितिका संयोजक डा सन्जिव सापकोटाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न, सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउन, भौतिक दुरी कायम गर्न, हात धुने÷स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, लगायतका समितिले यसअघि जारी गरेको स्वास्थ्य निर्देशिका पालना गर्न समेत आग्रह गरेका छन् । डा सापकोटाले संक्रमणको नयाँ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार