आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

शनिबार, चैत्र २१ २०७७

काठमाण्डौं / अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा रहेको “सुहाउँदैन ओठमा हाँसो ” गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जिवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेको गायिका रानीले बताईन ।

नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “सुहाउँदैन ओठमा हाँसो” गीतको भिडियोमा कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको छ ।

“सुहाउँदैन ओठमा हाँसो “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

प्रतिक्रिया
सम्बन्धित समाचार