शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङ नेपाली काँग्रेस प्रवेश, सभापति देउबाले गरे स्वागत (फोटोफिचर)

बुधबार, चैत्र १८ २०७७

काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमाले ताप्लेजुङका नेता, वैदेशिक रोजगार ब्यवसायका अग्रज व्यवसायी तथा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङलाई कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा नेपाली कांग्रेस पार्टीमा स्वागत गरेका हुन् ।

भावुक स्ट्याटस लेखेर वैरो संघका पूर्वअध्यक्ष तामाङले गरे एमाले छाडेको घोषणा (विज्ञप्तिसहित)

तामाङ काँगेसमा प्रवेश गरेकोमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले हार्दिक बधाईका साथ स्वागत गरेका छन् । तामाङले केही समयअघि एमाले परित्याग गरेका थिए ।

शुभकामना !

नेकपा एमाले ताप्लेजुङका नेता, वैदेशिक रोजगार ब्यवसायका अग्रज व्यवसायी तथा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष श्री बल बहादुर तामाङज्यु नेपाली कांग्रेसका पार्टी सभापति श्री शेर बहादुर देउवा ज्यु बाट औपचारिक रुपमा नेपाली कांग्रेस पार्टीमा प्रबेस गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।
साथै नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनमा पनि श्री बल बहादुर तामाङज्यु लाई हार्दिक बधाई का साथ स्वागत गर्दछौ। ।
जय नेपाल
नरेन्द्र प्रसाद ढकाल
अध्यक्ष
एवम्
नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन सम्पूर्ण परिवार
नयाँबानेश्वर, काठमाडौ

प्रतिक्रिया
सम्बन्धित समाचार